मनाङको थोराङ्ला भञ्ज्याङमा धादिङ फुलखर्कका हरि अधिकारीको मृत्यु

1555 पटक पढिएको

सम्पादक: Dhading News

 धादिङ- मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावका कारण ) धादिङका एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। एक नेपाली पर्यटकको रुपमा  अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा धादिङ गंगाजमुनाका अधिकारीको मृत्यु भएको मनाङको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनु भयो ।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएको छ ।


12 thoughts on “मनाङको थोराङ्ला भञ्ज्याङमा धादिङ फुलखर्कका हरि अधिकारीको मृत्यु

  1. हरी अधिकारी लगाएत अन्नेहरुले चुलु वेष्ट हिमाल आरोहण गर्न जानी बिदेशी पर्यटक को सामान बोकेर आधार सिबिर सम्म पुर्याएको र तेस्को केही दिन पछी सोही आधार सिबिरबाट तल झर्ने क्र्म्मा धटना भएको हो । हरी अधिकारी ट्रेकिङ बिदेशी पर्यटक को झोला र ट्रेकिङमा चाहिने सामान बोक्ने भरियाको रुपमा काम गर्ने मज्दुर हो नेपाली पर्यटक हैन त्यसैले हावाको भरमा समाचार नलेख्न अनुरोध गर्दछु । मृत्‍यु भएको ठाउँ थोराङ्ला भञ्ज्याङमा हैन, यात्रा सकेर फर्किने क्रम्मा चुलु वेष्ट बेशी क्याम्प भन्दा थोरै तल लगभग ४५ सय मिटर मृत्‍यु भएको हो । थोराङ्ला भञ्ज्याङमा ५४१६ मिटर हो त्यसैले यो खबर कासी जानी कुत्तिको बाटो भने जस्तो भयो त्यसैले कृपया सत्य तथ्य बुझेर मात्र लेख्नुहुन हार्दिक अनुरोध गर्दछु । मृत्यु हुने धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी साबिक को फुलखर्क गाबिस वडा नम्बर १ सत्य हो ।

  2. हरी अधिकारी लगाएत अन्नेहरुले चुलु वेष्ट हिमाल आरोहण गर्न जानी बिदेशी पर्यटक को सामान बोकेर आधार सिबिर सम्म पुर्याएको र तेस्को केही दिन पछी सोही आधार सिबिरबाट तल झर्ने क्र्म्मा धटना भएको हो । हरी अधिकारी ट्रेकिङ बिदेशी पर्यटक को झोला र ट्रेकिङमा चाहिने सामान बोक्ने भरियाको रुपमा काम गर्ने मज्दुर हो नेपाली पर्यटक हैन त्यसैले हावाको भरमा समाचार नलेख्न अनुरोध गर्दछु । मृत्‍यु भएको ठाउँ थोराङ्ला भञ्ज्याङमा हैन, यात्रा सकेर फर्किने क्रम्मा चुलु वेष्ट बेशी क्याम्प भन्दा थोरै तल लगभग ४५ सय मिटरमा मृत्‍यु भएको हो । थोराङ्ला भञ्ज्याङमा ५४१६ मिटर हो त्यसैले यो खबर कासी जानी कुत्तिको बाटो भने जस्तो भयो त्यसैले कृपया सत्य तथ्य बुझेर मात्र लेख्नुहुन हार्दिक अनुरोध गर्दछु । मृत्यु हुने धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी साबिक को फुलखर्क गाबिस वडा नम्बर १ सत्य हो ।

  3. हरी अधिकारी लगाएत अन्नेहरुले चुलु वेष्ट हिमाल आरोहण गर्न जानी बिदेशी पर्यटक को सामान बोकेर आधार सिबिर सम्म पुर्याएको र तेस्को केही दिन पछी सोही आधार सिबिरबाट तल झर्ने क्र्म्मा धटना भएको हो । हरी अधिकारी ट्रेकिङ बिदेशी पर्यटक को झोला र ट्रेकिङमा चाहिने सामान बोक्ने भरियाको रुपमा काम गर्ने मज्दुर हो नेपाली पर्यटक हैन त्यसैले हावाको भरमा समाचार नलेख्न अनुरोध गर्दछु । मृत्‍यु भएको ठाउँ थोराङ्ला भञ्ज्याङमा हैन, यात्रा सकेर फर्किने क्रम्मा चुलु वेष्ट बेशी क्याम्प भन्दा थोरै तल लगभग ४५ सय मिटरमा मृत्‍यु भएको हो । थोराङ्ला भञ्ज्याङ ५४१६ मिटर हो त्यसैले यो खबर कासी जानी कुत्तिको बाटो भने जस्तो भयो त्यसैले कृपया सत्य तथ्य बुझेर मात्र लेख्नुहुन हार्दिक अनुरोध गर्दछु । मृत्यु हुने धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी साबिक को फुलखर्क गाबिस वडा नम्बर १ सत्य हो ।

    1. समाचार कसरी लेख्ने भनेर सिकाउने तपाईको शैली देख्दा तपाईको मन भित्र कुनै कुण्ठा भए जस्तो लाग्यो । हरि अधिकारीको मृत्युको पुष्टि मनाङको प्रशासनले गरेको हो । समाचारले होइन जहाँ सम्म घटना स्थलको कुरा छ त्यो बारेमा पनि स्पष्ट लेखिएको छ । थोराङ्ला भन्ज्याङ पार गर्ने क्रममा भनिएको छ ।
      हरि अधिकारी पर्यटक होइन भरिया हुन भनेर लेख्नु पर्ने कारण हामीलाई थाहा भएन । समाचार अपुरो भए यो यो कुरा पुगेन भन्ने हो नचाहिने कमृण्ट गर्ने होइन । -धादिङ न्यूज टिम

      1. ए सर जहाँ जे जे भए पनि मान्छे मोरेको एक तिर हजुरहरुको समाचार आउछ अर्को तिर, मर्ने ब्यक्ती नेपाली पर्यटक हैन ट्रेकिङ भारी बोक्ने मजदुर हो त्यसैले यही समाचारलाई आधार बनायो भने त्यो मर्नी ब्यक्तिको बिमाको पैसा लिन धेरै गाह्रो हुने देखिन्छ अझ समाचार लेख्न सिकाउनी भन्नुहुन्छ । नपत्याए नेपाल प्लानेट ट्रेक्स यान्ड एक्स्पिडिसनबाट ट्रिप गयको हो त्यही सोध्नुश । थोरोङ्ला भनज्याङ त त्यो घटना भएको ठाउँबाट दुई दिनको दिन पुगिन्छ अनी हेर्नुस त कती फरक पर्‍यो हो यस्तै समाचारलाई बिमा कम्पनीले आधार बनायो भने के होला भन्नुश त !

    2. Hari Adhikari@ समाचार राम्रो संग पढेर मात्रै प्रतिकृया दिनु पर्छ । हचुवाको भरमा ठूला मान्छे वन्न अन्ट सन्ट लेख्नु हुंदैन । सबै भन्दा पहिला धादिङ फुलखर्क घर भएका हरि अधिकारीको ज्यान गएको छ । यो दुःखद हो । नेपालमै केही गर्नुपर्छ भनेर मेहनत गरिरहेका युवाले अकालमा ज्यान गुमाएका छन ।
      हरिको मृत्यु जे कारणले भएको हो समाचारले स्पष्ट पारिदिएको छ । फेसबुकमा आएर फुर्ति लडाउनेलाई मान्छे मरेकोमा चिन्ता छैन मर्ने मान्छे भरिया हो भन्न हतार छ । शायद यिनि सामन्ती परिवारका मान्छे होलान , उनलाई अरुको पहिचान नपचेको हुन सक्छ ।

      1. @Adhikari Bimal समाचार मैले राम्रैसँग पढे हो महोदय त्यतिकै हचुवाको भरमा खबर लेख्नु भएन । मान्छे मरेको छ चुलु वेष्ट बेसी क्याम्प थोरै तल यो खबर भन्छ थोराङ्ला भञ्ज्याङ, हरि अधिकारी पर्यतक भरियाको काम गर्दै आयको छ तर यो खबर भन्छ एक नेपाली पर्यटक कही कतै एक छेउ पनि मिलेन । गंगाजमुना गाउपालिका वडा नम्बर ५ फुलखर्क को हरि अधिकारी चुलु वेष्ट हिमाल आरोहण गर्ने पर्यटक को सामान पुर्याउन चुलु वेष्ट आधार सिबिर सम्म गयको र चुलु वेष्ट आधार सिबिरबाट तल फर्किने क्रम्मा थोरै तल लगभग ४५ सय मिटर मृत्‍यु भएको हो । यो खबर कही कतै मिल्यो ? सामन्ती परिवारका मान्छे परिवारको मान्छे तिमी हौ भाई त्यो मर्नी भाई र म एक दम नजिक को मिल्ने हौ र राम्रै चिन्जानको एउटै गाउको हौ धेरै सिकाइ रहनु पर्दैन । बेकारमा दोदाश कुन्नी केलाई चलायो गन्ध मात्र

        1. यो समाचार धादिङ न्यूजमा मात्रै होइन हामीले देशका धेरैवटा अनलाइनमा पढेका छौं, सबै तिर हरि अधिकारी नेपाली पर्यटक नै भनिएको छ र उनको मृत्यु मनाङको थोरालाभन्ज्याङ पार गर्ने क्रममा अक्सिजन अभावको कारण नै भनिएको छ । तर यो अर्को नमूना हरि अधिकारी कता बाट यहाँ आएर धादिङ न्यूजको पोष्टमा ठूला कुरा गरिरहेको छ । यस्लाई मृतक हरि अधिकारी भरिया नै हो भनेर समाचारमा लेखाउनु पर्ने के वाध्यता रहेछ । आफ्नो दाजुभाईको मृत्यु भएको छ । मृत्युको बारेमा देश विदेशमा वस्नेले जानकारी पाएका छन् तर यस्लाई भने हरि अधिकारी नेपाली पर्यटक होइन भरिया नै हो भन्नु् पर्ने किन होला ?
          यो मान्छेको शैली हेर्दा हरि अधिकारीको मृत्यु शंकास्पद त छैन ? मनाङको प्रशासनलाई गएर भन्नु नी हाम्रो मान्छेको मृत्यु यो ठाउँमा भएको हो तपाईहरुले दिएको लोकेशन मिलेन भनेर ।
          कमेण्टमा लेखेको देख्दा हरि अधिकारीको मृत्युमा यो मान्छेको कुनै भूमिका हुनुपर्छ होइन भने किन एकोहोरो लागेर चाहिने नचाहिने लेखिरहेको छ । यो मान्छेको नियत माथि शंका लाग्यो मलाई चाँही ।

          1. ए भाई सहि सत्य समाचार लेख्न पर्‍यो क्या पर्यटक को भरिया मज्दुर र घुम्न जानी नेपाली पर्यटक भरियामा कती अन्तर पर्‍यो अनो बितेको ठाउँ थोरोङ्ला भञ्याङ र चुलु वेष्ट बेसी क्याम्प भन्दा थोरै तल पर्छ अनी कती फरक पर्‍यो महोदय । चुलु वेष्ट बेसी क्याम्प भन्दा थोरै तलबाट थोरोङ्ला भञ्याङ दुई दिनको दिन पुगिन्छ साथी तेतिकै हावाको भर्मा समाचार लेखेर हुन्छ ?

        2. तिमि फटाहा रहेछौ. हरि अधिकारी भरिया नै हो भनेर समाचारमा किन लेखाउनु पर्ने हो ?

          1. ए भाई सहि सत्य समाचार लेख्न पर्‍यो क्या पर्यटक को भरिया मज्दुर र घुम्न जानी नेपाली पर्यटक भरियामा कती अन्तर पर्‍यो अनो बितेको ठाउँ थोरोङ्ला भञ्याङ र चुलु वेष्ट बेसी क्याम्प भन्दा थोरै तल पर्छ अनी कती फरक पर्‍यो महोदय । चुलु वेष्ट बेसी क्याम्प भन्दा थोरै तलबाट थोरोङ्ला भञ्याङ दुई दिनको दिन पुगिन्छ साथी तेतिकै हावाको भर्मा समाचार लेखेर हुन्छ अझ फटाह उल्टो आफु फटाह हो ।

  4. मेरी बाबै एउटा समाचारको कोमेन्ट के बिधी हो तर हरि अधिकारीको नामबाट आएका कोमेन्ट चाँही सत्य हुन है किन म त्यही ठाउको मान्छे हुँ ।

Comments are closed.