धादिङको आदमघाट हुंदै मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्रे शुरु

284 पटक पढिएको

सम्पादक: Dhading News

 

३ जेठ २०८१ । धादिङ – पृथ्वीराजमार्गको आदमघाट बाट किरान्चोक हुदै मकवानपुर जिल्लाको चौतारा जोड्ने सडकको कालोपत्रे सम्झौता अवधि सकिनु भन्दा छ महिना अघिनै सम्पन्न हुने भएको छ । गजुरी गाँउपालिका वडा नं. ६ मिलनटार चोकदेखि वडा नं. ७ पर्खालेसम्मको चार दशमलव २ किलोमिटर सडक कालोपत्रे गर्ने काम गत जेठ ३२ गते शुक्रबारबाट शुरु गरिएको हो ।

आदमघाट देखि चौतारासम्म करिव ३५ किलोमिटर सडक रहेकोमा मिलनटारदेखि कालोपत्र गर्न बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा बजेट विनियोजन गरेको थियो  । पहिलो पटक सडक कालोपत्रे गर्न वजेट छुट्याउँदा गजुरी घर भएका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री र शालिकराम जम्कटेल आर्थिक मामिला तथा योजना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कटेल यो सडकको उपभोक्ता समेत हुन ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रदेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल पुष १८ गते कार्य सम्पन्न गर्ने गरी २०८० असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसंग सम्झौता गरेका थिए । नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपयाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खाल सहित चार दशमलव दुई किलोमिटर कालो पत्रे गर्न सम्झौता गरेको थियो ।

नाना कन्स्ट्रक्सनले तोकिएको समय भन्दा छ महिना अघि काम सम्पन्न गरि जनतालाई सडक उपभोग गर्न दिएर जनता र कार्यालयको मन जितेको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका साइड इन्जिनियर धर्मराज खड्का बताउँछन् । मिलनटार चोक देखि पर्खालेसम्म ६१० मिटर आरसिसि र ३.५९ किलो मिटर आसफाल्ट विधिबाट कालो पत्रे गरिएको छ । दुई सय डिग्री सेन्टिग्रेटमा कालो पत्र पकाएको र एक सय ६० डिग्री सेन्टिग्रेटमा लोडर लगाएर कालोपत्र पेलेको इन्जिनियर खड्काले बताए ।

सडक निर्माणको काम गर्न स्थानीयहरुबाट अवरोध नआएमा, मालमेट्रियल सहज अवस्थमा उपलव्ध भएमा र काम गर्ने मजदुरहरुलाई दुख विमार नपरेमा तोको समय भन्दा एक दिन भएपनि अघि काम बुझाउने गरी काम गर्ने दावी नाना कन्स्ट्रक्सन प्रालि धादिङ अध्यक्ष नारायण कुमार श्रेष्ठले काम शुरु गर्दै गरेका थिए । कालो पत्रे गर्न शूरु गरेपछि संक्षिप्त कुराकान िगर्दै काम गर्ने हो बोल्ने होइन भने थिए आगामी पुष १८ गते तोकिएको म्याद सकिन्छ तर मैले काम असार १० गतेसम्ममा सक्ने श्रेष्ठले बताए ।

 यस अघि करिव सात वर्ष लगाएर जय बाबा कन्ट्रक्सनका श्यामकुमार श्रेष्ठले नौ करोड २८ लाखमा आदमघाट देखि मिलनटार बराइघरसम्म दुई दशमलव छ किलो मिटर सडक कालो पत्रे गरेका थिए । यो काम देखेर तोकेको मितिमा सम्पन्न गर्नेमा आशंका रहेका गरका स्थानीयहरु कालोपत्रे तोकिएका छ अघि नै सक्न लागेपछि स्थानइि खुशी भएर कालोपत्र हेर्न उपस्थित भएका थिए । गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल ६ नं. वडा अध्यक्ष भक्त बहादुर तामाङ, ७ नं. वडा अब्यक्ष बद्री प्रसाद जम्कटेल र ८ नं. वडा अध्यक्ष देवराज ओझाले  कालो पत्रे गर्ने कामको अनुगमन गरेकाछन् ।

   साविकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसंग जोड्न २०४९ सालबाट पृथ्वीराजमार्गकोे आदमघाटदेखि दक्षिण पट्टि महाभारत लेकसंग जोड्ने निर्माण शुरु गरिएको थियो । गजुरी गाँउपालिकाको वडा नं. ६ आदमघाट देखि मिलनटार चौतारासम्म दुई दशमलव छ किलोमिटर यस अघि नै कालो पत्रे गरिएको छ । बराइको घर देखि चोकसम्म करिव डेढ सय मिटर कालो पत्रे गर्न बार्की छ । पछिल्लो समय आदमबाट कैलाश मनहरी सडकको प्रदेश राजधानी जोड्न प्रदेश गौरवको आयोजनाको रुपमा काम भइरहेको छ । अहिले आदमघाट देखि तीन किलोमिटर दुई दशमलव आठ किलोमिटरलाई पुष्पलाल मार्गमा पर्ने भएकाले मिलनटारलाई शून्य विन्दु मानेर कालो पत्रे गरिएको छ ।

  २०४७ सालमा राजेन्द्र प्रसाद पाण्डे जेलमुक्त पश्चात पहिलो पटक किरान्चोक लामाचिारा पुगेर आदमघाटबाट लामाचिरा सडक ल्याउने उद्घोष गरेका थिए । उनै पाण्डे २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि २०४९ सालबाट सडक निर्माण गर्ने काम शुरु भयो । सडक निर्माण शुरु गर्दा आदमघाट लामाचिरा भनेर शुरु गरेको भएपनि अहिले आदमघाट, पर्खाले, बरभन्ज्याङ, मजुवा थुम्किडाँडा, चौतारासम्म पुगेको छ । अर्को पर्खाले रिष्ठावोटे सागरभन्ज्याङ पुगेको छ । यस सडकको उपभोक्ता गजुरी गाँउपालिका वडा नं. ७ र ८ का करिव एक हजार तीन सय परिवार, वडा नं. ६ का करिव दुई सय परिवार, वडा नंं. ४ को करिव दुई सय परिवार र गल्छी गाँउपालिकाको करिव दुई सय परिवार रहेकाछन् ।   यसैगरी मकवानपुर जिल्लाको कैलाश गाँउपालिका र थाहा नगरपालिकाका मानिसहरुले समेत यस सडकबाट सुविधा पाउनेछन् । आदमघाट चौतारा सडक सडकको लम्वाई करिव ३५ किलोमिटर रहेको छ । यस सडक स्तरोन्नती तथा कालो पत्र पुरा भएमा महाभारत लेकमा बसोवास गर्ने किसानलाई धेरै ठुलो राहत मिल्ने छ । महाभारत लेकका किसानहरुको आर्थिक सम्वृद्धिको मुहान फुट्ने छ ।

विगतमा नाबोबाट नै आलु भित्र्याउने गरेका किसानहरुले पछिल्लो समय उन्नत जातका आलुका वीउ लगाउन थालेकाछन् । यस वर्ष चार सय टन आल पलेको छ । सडक बर्खायाममा समेत सुचारु हुने पक्कापक्की भए तीन हजार टन आलु उत्पादन गर्ने क्षमता किसानहरुसंग छ । यस महाभारत लेकको काखमा तामाङहरुको मात्र बसोवास भएकाले यसका मानिसहरु वाँस निगालो, अम्रिसो खेती हाम्रो परम्परागत खेती हो । वाँस निगालोबाट डोका बुनेर, अम्रिसोबाट कुच्चो बनाए हामी आम्दानी गर्दै आएकाछौ । किसानहरुले बाख्रा नपाल्ने कुरौ भएन खसीबोेका विक्री गर्न सहज हुने भएपछि संख्या बढाउन सकिने रुम्वाले बताए ।

 सडक कालो पत्रे भएपछि किराञ्चोक वेसीक्षेत्रका किसानहरुले आफ्ना उत्पादनहरु बर्खायाम पनि सहज ढंगबाट विक्री वितरण गर्न सक्छन् । सिचाई पर्याप्त भएको क्षेत्र भएकाले हिँउदमा समेत तरकारी खेती गरेर किसानहरु स्वारोजगार बन्दै आम्दानी बढाउन सक्छन् । किसानहरुको जिवनस्तर सुधारका हुनुका सार्थ कृषि उत्पादनमा राज्यलाई योगदान दिनसक्छन् । किरान्चोकमा पान िप्रशस्त भएकाले हिउँदमा समेत धान रोप्छन् ।