पुरानो धार्केमा सडक विभागको लापरवाहीले विमलाको परिवार सुकुम्वासी बन्ने अबस्थामा

41 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २८ चैत । सडक विभागले सितापाईला धार्के सडक विस्तार गरि पिच गर्ने क्रममा जर्वजस्त निजी जग्गा मिचेर अन्याय गरेको स्थानीय विमला महर्जन मानन्धरले बताउनु भएको छ ।

बिमलाले पुरानो धार्के स्थित आफ्नो पुर्ख्यौली जग्गामा प्रेश सम्मेलनको आयोजना गरि  जग्गा मिचिएको बताउनु भएको हो ।
उक्त कार्यक्रममा ख्वताबजी कलाकारहरु, हलिं नेवा गुठीका उपाध्यक्ष अमरकाजी श्रेष्ठ लगायत पदाधिकारीहरु पीडित, पीडित परिवार र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।
सडक पीडित बिमलाका अनुसार सडक विभागले सडक विस्तार गरी पीच गर्ने क्रमममा आफूलाई खबर नभएको मनोमानी ढंगले सडक ७ मिटर हुनु पर्नेमा दुई तर्फ बराबर नलिइकन छेउमा भएको सार्वजनिक जग्गालाई समेत प्रयोग नगरिकन पीडितको ३ रोपनी १५ आना जग्गाको बीच भागबाट १६.५ मिटर जग्गा आवश्यक भन्दा बढी चौडा बनाई लाँदा बाँकी जग्गा समेत काम नलाग्ने भएको बताउनु भयो ।
श्रीमान् दुबईमा दैनिक जीवनयापनकालागि मजदूरी गर्न ५० डिग्री तातोमा टट्टींदै रहेको तर आफ्‌नो करोडौंको पैत्रीक सम्पत्ति सरकारले लूट पारामा सडक विस्तार गर्दा आफू घरको न घाटको भएको बताउनु भयो ।
यस सम्बन्धमा न्याय पाउन वडा कार्यालय, धुनिवेशी नगरपालिका, सडक विभाग र भौतिक पूर्वाधार मन्त्री र हल्लो सरकारलाई समेत ज्ञापन पत्र र निवेदन पेश गर्दा समेत बेवास्ता गरिएको उहाँले बताउनु भयो ।
सडक विभागको लापरवाहीका कारण आफ्नो ४ जनाको परिवार सुकुम्बासी बन्न बाध्य हुने  बिमलाले बताउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *