ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

273 पटक पढिएको

सम्पादक: Dhading News

ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको (१ साउन) बिहान सम्पन्न मतगणनाअनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत उमादेवी प्रसाईंका अनुसार तीन उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएका छन् ।

यस्तै, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् भने सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल छानिएका छन् ।

निर्वाचित मध्ये प्रथम उपाध्यक्ष धमला, कोषाध्यक्ष प्रकाश थपलिया , सदस्यमा कोपिला सिंखडा र नेपाली धादिङका हुन् ।

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।


One thought on “ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

Comments are closed.