बागमती प्रदेशमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ,प्रभात लामा मन्त्रीबाटै हटाईए १३ मन्त्रालयमा १४ मन्त्री, मदु कुमारले पाएनन मन्त्रालय

409 पटक पढिएको

सम्पादक: Dhading News

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनियताको शपथ लिएका छन्। योसँगै बहादुर सिंह लामाको नेतृत्वमा १४ सदस्यीय मन्त्रीमण्डल निर्माण भएको छ ।

बागमती प्रदेशमा नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण बागमती प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको लागि तयार भएका प्रभात तामाङ मन्त्रिपरिषद्‌बाटै हटाईएका छन् ।  तामाङलाई हटाएर लाई  हरिप्रभालाई मन्त्री बनाइएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई शपथ गराएका हुन्।

खड्गीलाई सामजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्री बनेका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।काफ्लेले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर, उनले  आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए।