आज बाट आदमटारमा धादिङ जिल्ला स्तरीय कबड्डी प्रतियोगिता शुरु

355 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २० भदौ बिहीबार २०८१ । नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर धादिङको आदमटारमा आज देखि  जिल्ला स्तरीय कबड्डी प्रतियोगिता साथै तीज बिशेष सांस्कृतिक कार्यक्रम शुरु हुंदैछ ।

जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा रहेको अरुणोदय युवा क्लवको आयोजनामा संचालन गरिन लागेको अरुणोदय कबड्डी कप -२०८१  प्रतियोगिता यहि भदौ २२ गते सम्म संचालन हुनेछ ।

स्थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका ९ टिमको सहभागिता रहने आयोजक अरुणोदय युवा क्लव अध्यक्ष राजाराम खतिवडाले जानकारी दिनु भयो ।

नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर जिल्ला स्तरीय कबड्डी प्रतियोगिताका साथै भदौ २१ गते तीजको दिन पारेर तीज बिशेष सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुका साथै गायिका अस्मिता रसाईली, हाँस्य व्यंग्य कलाकार सुदिप खतिवडा र गायक अमन एकलको बिषेश प्रस्तुति रहने वताईएको छ । कार्यक्रम आदमटार स्थित सत्यवती माविको प्राङ्गणमा हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद  ३० हजार,ट्रफि, मेडल,प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद १५ हजार ट्रफि, मेडल, प्रमाणपत्र  हात पार्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि सिद्धलेक गाउँपालिका, सिद्धलेक वडा नम्बर ७ को कार्यालय,धादिङ जिल्ला कबड्डी संघ, जिल्ला खेलकुद विकास समिति र सत्यवती माविको साथै स्थानीय युवा तथा खेलकुद प्रेमीहरुको बिशेष सहयोग रहेको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *