आज हरितालिका (तीज) पर्वको दरखाने दिन

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं २० भदौ बिहीबार २०८१ ।  हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन ।दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकारका खानेकुराहरु पकाएर त्यसलाई दरको रुपमा खाने परम्परागत चलन चलिआएको छ ।

विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्दै दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन रहिआएको छ ।

विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास भएको देखिन थालेको पछि यस्लाई विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन ।

पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरुले सुयोग्य बर पाउँ भनी कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

पछिल्लो समयमा निराहार व्रत बस्नेको संख्या भने घट्दै गएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *