दशैंको संस्कृति र मौलिकता बोकेको लिङ्गे पिङ्ग हराउदैं
258 पटक पढिएको

– राजाराम डंगोल

धादिङका गाउँगाउँमा लिङ्गे र रोटे पिङ्ग प्रचलनमा थिए । गाउँभरिका मान्छे भेला भएर स्थानीय बाबियो, बाँसबाट लिङ्गे पिङ्ग तयार पारिन्थ्यो । त्यस्तै खयर सल्लो लगायतको काठबाट रोटेपिङ्ग तयार हुन्थ्यो । दशैंमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ्ग घटस्थापनापछि लगाएर तिहारसम्म खेल्ने गरिन्थ्यो ।
दशैं–तिहारको मुख्य मनोरन्जनको साधनको रुपमा रहेको पिङ्ग युवा पुस्तामा अन्य मनोरन्जनका साधनको मोहका कारण लोप हुँदै गएको छ । अहिले एउटा पिङ्ग भेट्नका लागि धेरै गाउँ चहार्दा मात्र बल्लबल्ल देख्न पाइन्छ । युवा पुस्ता गाउँमा नहुँदा अनि अन्य मनोरन्जनका साधन प्रसस्त भएकाले पिङ्ग लोप हुँदै गएको हो । तर केही ठाउँका स्थानीय भने अहिले पनि पिङ्ग जोगाउन लागिपरेका छन् ।
पिङ्ग दशैंको संस्कृति र मौलिकतासँग जोडिएको छ। अझ पुरानो पुस्तालाई त अहिले पनि पिङ्ग नदेखेसम्म दशैं आएको भाननै हुँदैन। त्यसैले आधुनिकताले ढपक्कै ढाक्न थालेको दशैंमा यस्ता संस्कृति र मौलिकतामा जोगाइराख्न आवश्यक रहेको छ।
(पिङ्गको तस्बिर इकान्तिपुरबाट साभार)
2 thoughts on “दशैंको संस्कृति र मौलिकता बोकेको लिङ्गे पिङ्ग हराउदैं”
Comments are closed.
I appreciate you sharing this blog post. Thanks Again. Cool.
Insanont I like the efforts you have put in this, regards for all the great content.