एनपीएलः फाइनल प्रवेशका लागि कर्णाली र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

434 पटक पढिएको

४ पुष २०८१, बिहीबार ०७:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौं ,४ पुस २०८१ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ।

पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले हिजो फाइनलमा स्थान बनाएको थियो।

कर्णालीले भने एलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

जनकपुरका नियमित कप्तान अनिल साह चोटका कारण मैदानबाहिरै छन्। यस्तोमा जनकपुरको कप्तानी आशिफ शेखले गरिरहेका छन्।

यसअघि यी दुईबीच लिग चरणमा भएको खेलमा भने जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो।