नेपाल पत्रकार महासंघ धादिङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण
231 पटक पढिएको
धादिङ,५ पुस २०८१ । नेपाल पत्रकार महासंघ धादिङका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।अध्यक्ष सीताराम अधिकारीको नेतृत्वको महासंघका पदाधिकारी र कार्यसमिति सदस्यहरुले पुस ५ गते शुक्रवार एक कार्यक्रमका बीच औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, केन्द्रिय सदस्य रामेश्वर कार्कीको उपस्थितिमा निर्वाचन समितिका सदस्यहरु अधिबक्ताद्धय जिल्ला शाखा धादिङका कानूनी सल्लाहाकार तथा नेपाल बार एशोसिएसन धादिङका अध्यक्ष टंक कुमार श्रेष्ठ, जिल्ला बार एशोसिएसनका धादिङका पूर्वअध्यक्ष रामकृष्ण अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्य,प्रदेश परिषद तथा केन्द्रिय परिषद सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्षमा सिताराम अधिकारी उपाध्यक्षमा मनिष दुवाडी, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, महिला सहसचिवमा अस्मिता पोखरेल, कोषाध्यक्षमा बद्री अधिकारी निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा उपेन्द्र अधिकारी, सन्दिप प्रसाद घिमिरे, पुरुषोत्तम ढुङ्गाना, मनिष श्रेष्ठ, विनोद तमू, रेखबहादुर गुरुङ, सुशिला विश्वकर्मा, अनिल कुमार नेपाली, र सनिता चेपाङ निर्वाचित भएका थिए ।
यसैगरी केन्द्रिय परिषद सदस्यमा केशव अधिकारी र गोमा थापा, प्रदेश परिषद सदस्यहरुमा चित्र बहादुर आचार्य,राजकुमार ढुंगाना,लक्ष्मी भुजेल र लक्ष्मी शाक्य निर्वाचित भएका थिए ।
पदभार ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारीले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।‘नेपाल पत्रकार महासंघ धादिङलाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्नेछौं, अध्यक्ष अधिकारीले भन्नुभएको छ, पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ ।’
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पनि ईमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने र पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्ने प्रतिवद्धता गरेका छन । पदभार ग्रहण निवर्तमान अध्यक्ष राजाराम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष डा.मुरारी अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य केशव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्वाचन समिति सदस्यद्धय श्रेष्ठ र अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै पत्रकारिता पेसाको संवेदनशीलता र महत्वलाई ध्यानमा राख्दै जिम्मेवारी निभाउन आग्रह गर्नुभएको थियो ।
पत्रकारका पेशागत सुरक्षा तथा अन्य समस्याहरुमा महासंघ जिल्ला शाखाले अघि सारेका हरेक प्रस्तावलाई कार्यान्वयन गर्न आंफुहरु सदैव प्रतिबद्ध रहेको महासंघका केन्द्रिय सदस्य कार्की र वागमती अध्यक्ष सारुले वताउनु भएको थियो ।
राजेन्द्र प्रताप शाहको शालिक निर्माण गरिने
नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण पश्चात पहिलो बैठक बसी महासंघ कार्यालय परिसरमा शाखाका संस्थापक सचिव राजेन्द्र प्रताप शाहको शालिक निर्माण गर्ने निर्णय सर्वसम्मतबाट पारित गरेको छ । बैठकको पहिलो निर्णय अनुसार शुक्रवारनै नवनिर्वाचित अध्यक्ष अधिकारी,जिल्ला शाखा अध्यक्ष अधिकारी, वागमती प्रदेश अध्यक्ष सारु र केन्द्रिय सदस्य कार्कीले शालिकको शिलान्यास गरेका हुन् ।
महासंघ जिल्ला शाखा धादिङका संस्थापक सचिव अग्रज पत्रकार शाहको २०७८ चैत ३ गते निधन भएको थियो ।शाहले धादिङ जिल्लामा पत्रकारिताको विकासका निम्ति पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँको सम्मानका लागि शालिक निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।