धादिङमा नेकपा एसका केन्द्रिय नेता कृष्णप्रसाद अर्यालको नेतृत्वमा जिल्ला नेताहरु एमालेमा फर्किए

1658 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १३ पुस २०८१ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद अर्यालको नेत्तृत्वमा समाजवादीका धादिङ जिल्ला तथा स्थानीय तहका नेताहरु  एमालेमै फर्किएका छन्।

एकीकृत समाजवादीबाट कृष्णप्रसाद अर्याल,  इश्वरीप्रसाद अर्याल र तुलकुमार श्रेष्ठ,सन्त बहादुर गुरुङ रहस्तबहादुर तामाङ,  शनिवार देखि एमालेमै फर्किएका हुन्।

कृष्णप्रसाद अर्याल नेकपा एमाले धादिङको स्थापना काल देखिका नेता हुन । समग्र धादिङको पार्टी निर्माणमा अर्यालको महत्त्वपूर्ण भूमिका छ।नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका अर्याल समाजवादीमा लागेर  केन्द्रिय अनुशासन आयोगको सदस्य समेत हुनु भएको थियो ।

एमाले प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय  सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले आग्रह पूर्वाग्रह नराखी विगतमा पार्टी निर्माणमा योगदान पु¥याएका नेताहरुलाई सम्मानपूर्वक यथोचित जिम्मेवारी दिइने बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले धादिङका  अध्यक्ष भूमी त्रिपाठीले विगतमा विभिन्न कारणले घर छाडेर अलग भएका नेता कार्यकर्तालाई मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा विन संकोच समाहित हुन  आव्हान गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य जानुका सिम्खडा, धादिङका अध्यक्ष भूमी त्रिपाठीका साथै नेताहरु जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी, देवप्रसाद त्रिपाठी,नरेश खतिवडा,रमेश आचार्य लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ एमालेमै फर्किएको समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद अर्यालले बताउनु भयो ।एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको अर्यालको भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *