बढ्यो पेट्रोल डिजेलको मूल्य

84 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, १६ पुस  २०८१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको पुस १६ गते बसेको संचालक समितिको बैठकले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल २ रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोल १.९ रुपैयाँ र डिजेल २.२२ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यस्तै, हवाई इन्धनमा १.७१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । तर, पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि वृद्धि भएको छ ।

यद्यपि, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगले जनाएको छ। यता, पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्ट मा बिक्री मूल्य कायम गरिएको छ ।

यस्तै, खाना पकाउने एलपि ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *