प्रेस चौतारी नेपालको राष्ट्रिय सम्मेलन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

536 पटक पढिएको

१७ पुष २०८१, बुधबार २०:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौ,पुस १७, २०८१ ।  प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ।

पुस १७ गते बुधबार बसेको सचिवालय बैठकले  माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तय गरेको उपाध्यक्ष गणेश पाण्डेले बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको  जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा भएको बैठकले महाधिवेशनको मिति तोकेको उनले बताए।

सचिवालय बैठकमा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनका बिषयमा समिक्षा गरिएको थियो।