आज चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने

293 पटक पढिएको

१ माघ २०८१, मंगलवार ०६:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १ माघ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशीको हिमाली र पहैद क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशको मौसम पनि सफा रहने सम्भावना रहेको छ । त्यसैगरी लुम्बिनी प्रदेशको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।