महिला यू-१९ टी-२० क्रिकेट विश्वकपमा नेपालको सामना आज बंगलादेशसँग
140 पटक पढिएको

काठमाडौँ ,५ माघ २०८१ । महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ । युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा १२ बजेदेखि शुरु हुने छ ।
विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।
मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।