नेपालद्वारा गाजा युद्धविराम सम्झौताको स्वागत

30 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,५ माघ २०८१ । नेपाल सरकारले गाजामा बन्धकहरूको रिहाइ र युद्धविरामको लागि सम्झौताको घोषणाको स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौता गर्न मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

परराष्ट्रले भनेको छ- ‘हामी आशा गर्छौं, यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ । नेपाल सरकारले नेपाली नागरिक बिपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको छ । हामी पक्षहरूलाई सम्झौतामा ल्याउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *