सिद्धलेक ७ भाल्डाँडामा वडा कार्यालयको सेवा केन्द्र स्थापना

91 पटक पढिएको

सम्पादक: Dhading News

सिद्धलेक (धादिङ) ५ माघ  २०८१ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ भाल्डाँडामा वडा कार्यालयको सेवा केन्द्र स्थापना गरिएको छ ।

हालको वडा कार्यालय पिपलटारबाट वडाका सबै नागरिकलाई सेवा लिन कठिनाई परेको जनगुनासो बढेपछि नयाँ ठाउँ भाल्डाँडामा सेवा केन्द्रको स्थापना गरिएको हो ।

नयाँ सेवा केन्द्रबाट अहिलेलाई हप्ताको एक दिन शुक्रबार  सेवा प्रवाह गरिने वडा अध्यक्ष सानु गिरीले धादिङ न्यूजलाई  जानकारी दिनुभयो।

हालको सेवा केन्द्रबाट ७ नम्बर वडामा पर्ने, भैंसे, पोखरी, शेरा, हात्तिसुंढा, चाम्डाँडा,अमिलछाप र भाल्डाँडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने वडाअध्यक्ष गिरीले वताउनु भयो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले २०८१ माघ ४ गते सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा ७ नम्वरका वडाअध्यक्ष सानु गिरी , गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, लेखा अधिकृत टिकाराम अधिकारी, सूचना प्रविधि अधिकृत रामकुमार अधिकारीका साथै स्थानीय जनप्रतिनिधि तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

वडा नम्बर ७ मा सेवा केन्द्र खुले संगै पालिकाको अन्य वडामा पनि आवश्यकताअनुसार सेवा केन्द्र खोल्ने बाटो खुलेको छ । वडा नम्बर ४ का वासिन्दाले पनि पटक पटक गाउँपालिकामा लिखित अनुरोध गर्दै बुङचुङ क्षेत्रमा वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याईदिन माग गर्दै आईरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *