धादिङमा आजबाट लोक सांस्कृतिक महोत्सव शुरु हुँदै
256 पटक पढिएको

- धादिङन्यूज समाचारदाता
धादिङबेसी,१० माघ २०८१ । धादिङमा आजबाट लोक सांस्कृतिक महोत्सव (धादिङ महोत्सव )शुरु हुँदैछ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित सुरु हुन लागेको महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको हो ।
जिल्लाको पहिचान झल्कने गरी जिल्ला सदरमुकाम धादिङबेँसीस्थित खुला मञ्चमा माघ १० गते बिहीबार शुरु भएर २० गते आईतबार सम्म महोत्सव संचालन हुनेछ ।महोत्सव आयोजक समितिका अध्यक्ष दिपक कोइरालाका अनुसार रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
नीलकण्ठ नगरपालिकाको संरक्षक,धादिङ उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मश धादिङ प्रवद्र्धक रहेको महोत्सवको सहयोगीहरुमा जिल्लाका १३ वटै स्थानीय तह,पर्यटकीय , लोक साँस्कृतिक तथा साहित्यिक संघ संस्थाहरु रहेका छन् । महोत्सवको बिहीबार दिउँसो उप प्रधानमन्त्री प्रकाशमान सिहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव उद्घाटन हुनुअघि विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने नाच तथा झाँकी लोक बाजा, नृत्य प्रदर्शन गर्नेछन् ।
लोक सांस्कृतिक महोत्सवले ‘कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको कोइराला बताउँछन् । अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई महोत्सवमा प्राथमिकतामा राखिएको छ । एक सय वटा स्टल रहने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र तीन करोड बराबरको आर्थिक कारोबार हुने आंकलन गरिएको छ ।
मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् । यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको अध्यक्ष गैरेले जानकारी दिईन । ।
महोत्सवमा प्रदर्शनीमार्फत् स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उद्योग जिल्लाका पर्यटकीय स्थलहरूको विकास र विस्तरमा टेवा पु¥याउने, स्थानीय बजारको विकास विस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजाति बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धी गर्ने र लगानीका अवसरहरू सिर्जना गरिने मेला आयोजकले बताएको छ ।
महोत्सवको मुख्य आकर्षणको रूपमा जिल्लामै पहिलोपटक अन्तरपालिका लोक दोहोरी प्रतियोगिता रहेको र प्रतियोगितामा धादिङका १६ वटा समुहले नाम दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि भ्रमण वर्ष–२०२५ लाई लक्षित गर्दै जिल्लाको पर्यटकीय क्षेत्रहरूको जानकारी दिईनेछ ।
महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल मार्फत मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।
2 thoughts on “धादिङमा आजबाट लोक सांस्कृतिक महोत्सव शुरु हुँदै”
Comments are closed.
Magnificent beat I would like to apprentice while you amend your site how can i subscribe for a blog web site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear idea
a6prem