आजवाट राप्रपाको केन्द्रिय समिति बैठक

336 पटक पढिएको

११ माघ २०८१, शुक्रबार ०६:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरू हुने केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।