कस्तो छ आजको मौसम पूर्वानुमान ?

31 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशको तराईको धेरै र मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मुख्यतया मौसम सफा रहने र धेरै  स्थानहरूमा लागेको हुस्सु / कुहिरो अपरान्ह सम्ममा  क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा  मधेश प्रदेशको पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *