धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ जारी दर्शकको उत्साह बढ्दै (भिडियो सहित)

289 पटक पढिएको

सम्पादक: Dhading News

  • धादिङ न्यूज समाचारदाता

धादिङबेसी,१२ माघ २०८१ । धादिङको मौलिक कला संस्कृतिको प्रवर्धन मार्फत जिल्लाको पहिचान, पर्यटन र समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धादिङबेसी खुल्ला मञ्चमा जारी “धादिङ लोक सांस्कृतिक महोत्सव २०८१”  अवलोकन गर्ने दर्शकहरुको उपस्थिति बढ्दै गएको छ । माघ १० गते बाट शुरु भएको महोत्सव अवलोकन गर्न सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानबाट दर्शकहरु आउने गरेका छन ।

दैनिक दर्शकको उपस्थिति बढ्दै गएपछि आयोजक समेत उत्साहित बनेका छन् । महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र धादिङ सामुदायिक सञ्चार तथा विकास केन्द्रले सयुक्त रुपमा आयोजना गरेको हो । महोत्सवको आकर्षणको रुपमा हरेक दिन हुने अन्तरपालिका दोहोरी गित प्रतियोगिता रहेको छ ।


विगतमा भन्दा फरक शैलीबाट महोत्सव आयोजना गरिएकोले महोत्सवमा दर्शकको र आकर्षण बढ्दै गएको हो ।  महोत्सवमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सांगितिक प्रस्तुति समेत रहेको छ ।

हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको छ । अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य देखिन्छ । बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझतिर महोत्सव स्थलमा दर्शकको भीड बढ्दै जाने गरेको छ ।


One thought on “धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ जारी दर्शकको उत्साह बढ्दै (भिडियो सहित)

  1. 🔎 We send a gift from unknown user. Continue =>> https://telegra.ph/Get-BTC-right-now-01-22?hs=700cc2c7e60f63adb3f9ead8d534cb53& 🔎 says:

    5szz6o

Comments are closed.