कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?
116 पटक पढिएको

काठमाडौँ,१४ माघ २०८१ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भु-भाग मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ ।
आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
आगामी २४ घण्टा तराईका धेरै स्थानहरू बिहानीपख हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।