धरौटीमा रिहा भएकी आशिका तामाङ फेरी पक्राउ
152 पटक पढिएको

काठमाडौं,१५ माघ २०८१ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा लगत्तै पुन पक्राउ परेकी छिन् ।
उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
आशिकालाई धरौटी बुझाएपछि प्रहरीले फेरि पक्राउ गरेर भक्तपुर लागेको छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएकोले पक्राउ गरेर भक्तपुर लागिएको प्रहरीले जनाएको छ ।
उनलाई माघ २ गते प्रहरी वृत्त गौशालाले पक्राउ गरको थियो । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएको छ ।