प्रेस चौतारी धादिङको नेत्तृत्व सर्वसम्मत चयन
58 पटक पढिएको
अधिवेशनले उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिल अछामी , सहसचिवमा विनोद तमु र विरमान तामाङ तथा कोषाध्यक्षमा उपेन्द्र अधिकारी लाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालिग्राम नेपालले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा सुदिप अधिकारी, रिता कुमारी सारु ,अशोक श्रेष्ठ र शर्मिला शाक्य चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्रीहजुर सिलवाल र नानु कार्की तथा प्रदेश प्रतिनिधिहरुमा लक्ष्मी भुजेल, रिता कुमारी सारु,सुदिप अधिकारी र विरमान तामाङ चयन भएका छन् ।
धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा आयोजना गरिएको अधिबेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज डा.खेम लोहनीले गर्नु भएको थियो ।
श्रीहजुर सिलवाल ( राजन) को अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमलाई एमालेका केन्द्रिय सदस्य डा. लोहनीका साथै प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदी,उपाध्यक्षद्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, केन्द्रिय सदस्य शालिग्राम नेपालले सम्वोधन गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरि नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, प्रेस यूनियन नेपालको केन्द्रिय उपाध्यक्ष डा. मुरारी अधिकारी,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उपेन्द्र अधिकारीलाई कृयाशिल पत्रकारिता पुरस्कार
अधिबेशनको अवसर पारेर प्रेस चौतारी धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार २०८१ का लागि कृषि रेडियोका संचालक पत्रकार उपेन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।धादिङको थांक्रे गाउँपालिका ९ घर भई २०६३ साल देखि पत्रकारितामा कृयाशिल अधिकारीलाई नगद ५ हजार राशीको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
यो पुरस्कार जिल्लामा रहेर पत्रकारितामा सक्रिय प्रेस चौतारीका सदस्यले पाउने गरेका छन् । अहिले सम्म यो पुरस्कार सीताराम अधिकारी, केशव अधिकारी,रामेश्वर कार्की,सानुवाबु तिमिल्सिना,शंकर श्रेष्ठ, सरिता श्रेष्ठ,राजाराम डंगोल, अर्जुन श्रेष्ठ लगायतले प्राप्त गरिसकेका छन् ।
यसै गरी अधिबेशनको अवसर पारेर नेपाल पत्रकार महासंघ धादिङको कार्य समिति तथा प्रदेश र केन्द्रमा निर्वाचित हरुलाई पनि सम्मान गरिएको थियो ।
२०५५ सालमा रमेश अधिकारीको अध्यक्षतामा स्थापना भएको प्रेस चौतारी धादिङको नेत्तृत्व रमेश अधिकारी, केशव दुवाडी, सीताराम अधिकारी, केशव अधिकारी, गायत्री खतिवडा, रामेश्वर कार्की,नारायणचन्द्र सुवेदी, (कपिलदेव सापकोटा कार्यवाहक),सरोज पौडेल, सानुवाबु तिमिल्सिना र राजन सिलवालले सम्हालिसकेका छन् ।