अनुमति नै नलिई शाखा स्थापना गर्ने कन्सल्टेन्सीहरू कारवहाीमा पर्ने

319 पटक पढिएको

२२ माघ २०८१, मंगलवार ०७:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ,२२ माघ २०८१ ।  शैक्षिक परामर्श सेवा प्रदायक (कन्सल्टेन्सी)हरूले जथाभावी शाखा विस्तार गर्न  थालेपछि सरकारले बन्द गर्ने चेतावनी  दिएको छ।

अनुमति नै नलिई आफूलाई मन परेको स्थानमा कानुनी प्रक्रिया पूरा नगरी शाखा स्थापना गरी सञ्चालन गर्न थालेको पाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको हो।

अनुमति लिएको स्थानभन्दा बाहिर शाखा खोले बन्द गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।

‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।