धादिङका १३ स्थानीय तह : कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डवजोङअब्बल, रुवीभ्याली कमजोर

174 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,५ फागुन २०८१ । धादिङका १३ स्थानीय तहमा कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डवजोङ गाउँपालिका दोश्रो बर्ष पनि उत्कृष्ठ पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेत्रावती डवजोङले ७८.२ प्रतिशत ल्याएर उत्कृष्ठ भएकाे हाे । नेत्रावती डवजोङ गत बर्षको मूल्यांकनमा पनि जिल्लाको उत्कृष्ठ पालिका बन्न सफल भएको थियो । आयोगले विभिन्न १७ वटा सूचकको आधारमा  पालिकाहरुको मूल्यांकन गर्ने गर्दछ ।

सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

त्यस्तै नीलकण्ठ नगरपालिका दोस्रो भएको छ । उसले विभिन्न सूचकमा ७६.५,प्रतिशत प्राप्त गरेको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिका ७४. ४ प्रतिशतसहित तेस्रो स्थानमा आएको छ । गंगाजमुना गाउँपालिका ६१.९ सहित चौथो स्थानमा आएको छ । यस्तै गल्छी गाउँपालिकाले ६०.७ सहित पाँचौ स्थान प्राप्त गरेको छ । यता सिद्धलेक गाउँपालिकाले ५७.६ प्रतिशत ल्याएर छैठौं स्थानमा आएको छ । यस्तै धुनीबेशी नगरपालिकाले ५५.९ ,थाक्रे गाउँपालिकाले ५५.६,त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४ प्रतिशत ल्याएको छ । खनियाबास गाउँपालिकाले ५२.७ प्रतिशत ल्याएको छ । यस्तै १३ वटा पालिकामध्ये सबैभन्दा कमजोर नम्बरसहित रुवीभ्याली गाउँपालिककाले ४८.८  प्रतिशत ल्याएको छ ।

गत बर्षको कार्यसम्पादन मूल्यांकनमा धादिङका पालिकाहरुको अवस्था कमजोर देखिएको थियो । जिल्लाका १३ मध्ये कुनै पनि पालिकाले  कार्यसम्पादन मूल्यांकनमा ५० अंक कटाउन सकेका थिएनन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८० फागुन ८ गते सार्वजनिक गरेको सुचनामा धादिङ जिल्लाका १३ स्थानीय तहहरु मध्ये सबैभन्दा बढि अंक नेत्रावती डवजोङ गाउँपालिकाले ४८ दशमलव ७१ प्राप्त गरेकोे थियो  । यसैगरी सिद्धलेक गाउँपालिकाले ४८ दशमलव ६० अंक र नीलकण्ठ नगरपालिका ४४ अंक प्राप्त गरेको थियो  । गंगाजमुना गाउँपालिकाले ३५ दशमलव ९६ अङ्क, बेनिघाट रोराङ गाउँपालिकाले ३३ दशमलव ०३ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ३२ दशमलव ८९ अंक, खनियाबास गाउँपालिकाले ३२ दशमलव ३९ अंक प्राप्त थियो । यसैगरी ज्वालामुखी गाउँपालिकाले २८ दशमलव २५अंक, थाक्रे गाउँपालिका २६ दशमलव ६७ अंक, गजुरी गाउँपालिकाले २६ दशमलव १८ अंक, धनिबेशी नगरपालिकाले २५ दशमलव ८८ अंक, गल्छी गाउँपालिका २४ दशमलव ७७ अंक र रुवीभ्याली गाउँपालिका २३ दशमलव ६५ अङ्क प्राप्त गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *