भयावह बन्दै आत्महत्या ६ महिनामा तीन हजार एक सय ३४ ले अकालमा ज्यान फाले

44 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं ६ फागुन २०८१ । चालु आर्थिक वर्षको छ महिनामा   तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ ।

यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *