नेपालमा एमसीसीका परियोजना स्थगित
49 पटक पढिएको

काठमाडौँ । नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएको छ। जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा एमसीसीका परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भुक्तानी समेत रोकेका छन् ।
ट्रम्पले जनवरी २० मा ९० दिनका लागि स्थगन गरेको बैदेशिक सहयोगमा एमसीसीको भुक्तानी समेत परेको हो । एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फण्डबाट हुने भुक्तानी रोकिएको जानकारी गराएको थियो ।
नेपाल सरकार र एमसीसीबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरु यसबाट प्रभावित हुने देखिएको छ ।
यस अघि युएसएडबाट फण्ड प्राप्त गर्ने सबै आयोजनाहरु रोकिएका थिए ।