धादिङ जिल्लाका विभिन्न  स्थानमा असिना–पानी

28 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २९ फागुन २०८१ । बिहीबार दिउँसो धादिङ जिल्लाका विभिन्न  स्थानमा  असिना–पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भएको जनाएको छ ।

बिहीबार बिहान पश्चिमतिर हावाहुरीसहित वर्षा भएकामा दिउँसो काठमाडौँ उपत्यकासहितका धादिङ जिल्लाका विभिन्न स्थानमा  असिना–पानी परेको हो । मौसमी प्रणाली पूर्वतिर लाग्ने क्रममा रहेकाले दिउँसो पूर्वका विभिन्न क्षेत्रमा पानी परेको मौसमविदले बताएका छन् ।

दिनभरिजसो नै धादिङ लगायत देशभरको मौसम बदली भएको थियो । धादिङको गजुरी, गल्छी, थांक्रे, धुनिबेशी, नीलकण्ठ, वेनिघाटरोराङ, सिद्धलेक लगायतका विभिन्न ठाउँमा असिना पानी परेको स्थानीयले धादिङ न्यूजलाई जानकारी दिएका छन् ।

लामो समयदेखि पानी नपरेको बेला हिउँदे वर्षाले किसानहरु खुसी भएका छन् ।  पानी नपर्दा सिचाँई सुविधा नभएका स्थानमा खेतीबाली राम्रो हुँने भन्दै किसानहरु खुसी भएका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *