नुवाकोटमा विद्युत्तलाइन मर्मत गर्न आज धादिङ र गोरखामा दिउँसो विजुली बन्द गरिने

110 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२ चैत २०८१ । धादिङ जिल्लाको सदरमुकाम लगायत जिल्लाको  अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि ३ वजे सम्म बिजुली नहुने भएको छ ।

नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले चैत १ गते शुक्रवार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले प्रकाशित गरेको विद्युत सेवा अवरुद्ध हुने सुचनामा लेखिएको छ,‘देविघाट सवस्टेशन देखि रातमाटे सव स्टेशनबाट हुदै धादिङवेशी,जरे, सल्यानटार सव स्टेशनबाट आएको ३३ के-भि- प्रसारण लाईन अन्तर्गत वेलकोटगढी नगरपालिका मा पोल थप तथा लाईन मर्मत सुधार कार्य हुने भएको हुदा धादिङ , सल्यानटार र जरे सव स्टेशन बाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु (निलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका, ज्वालामुखी गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, वेनीघाट रोराङ गाउपालिका, गजुरी गाउपालिका, गल्छि गाउपालिका, गंगाजमुना गाउपालिकाका केहि स्थान र गोर्खा जिल्लाको आरुघाट फिडर अन्तर्गका स्थानहरुमा चैत २ गते शनिवार विहान ११.०० देखि ३.०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । ‘


Leave a Reply

Your email address will not be published. Required fields are marked *