नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको तेस्रो नगर अधिवेशन सम्पन्न

51 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२ चैत २०८१ । नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा कमल केसी चयन हुनुभएको छ ।

चैत २ गते शनिवार धुनिवेशी नगरपालिका वडा नं ५ को भुवनेश्वरी माविमा सम्पन्न भएको तेस्रो नगर अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्य कमिटी सर्वसम्मत चयन गरेको हो ।  जसमा उपाध्यक्ष घनश्याम अधिकारी,महिला उपाध्यक्ष हसना भण्डारी,सचिव शोभाकर पौडेल,कोषाध्यक्ष पार्वती रेग्मी, सह–सचिव सस्मीता थापा, सह–कोषाध्यक्ष गायत्री लुईटेल र अन्य १० जना सदस्य रहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीका अध्यक्ष अनिल रुपाखेतीको अध्यक्षता मा भएको अधिबेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठान प्रसाद बसैला रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका उपाध्यक्ष गोवर्धन गोदार, नेकपा एमाले धुनिवेशी नगर कमिटि अध्यक्ष दिनेश बास्कोटालगायतको आतिथ्य रहेको थियो ।

अधिबेशनको अवसर पारेर सेवानिवृत भएका संगठनका सदस्यहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा निबृत शिक्षक नवराज उपाध्यायका साथै कुशलतापुर्वक प्रधानाध्यापकको जिम्मेवारी बहन गरिरहनु भएका अनिल रुपाखेती,हसना भण्डारी ,शेखर न्यौपाने,मन्दिरा ढुङगाना,कमल केसी, गणेश रेग्मी,शिबराज कडेल,श्रीराम सिम्खडा,लक्ष्मी श्रेष्ठ  र पबित्रा पन्थी हुनुहुन्छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *