नेपाल आयल निगमले घटायो पेट्रोल,डिजेलको मुल्य
177 पटक पढिएको

काठमाडौं ,२ चैत २०८१ । लगातारको मूल्यवृद्धिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।
आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गर्दा यसपटक मूल्य घटेको हो ।
नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।