मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि

45 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । तेस्रो सिजनको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

मुम्बईको ब्राबोर्न स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो । यस अघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो । जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो ।

महिला प्रिमियर लिगमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिम खेल्ने गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *