दुवै सदन बाट पारित चार विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

295 पटक पढिएको

४ चैत्र २०८१, सोमबार ०७:०८ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं,४ चैत २०८१ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।