स्थानीय तहले स्वमूल्यांकन गर्ने कार्यविधि खारेज हुने

7 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ।स्थानीय तहले आंफैले आँफुलाई नम्बर दिएर सर्वोत्कृष्ट दावी गर्ने कार्यविधि खारेज हुने भएको छ । स्वमूल्यांकन गर्दै आफुलाई अब्बल भएको प्रचारको होडबाजीमा  स्थानीय तह उत्रने गरेका छन् ।

 स्थानीय तहले हासिल गरेका उपलव्धिहरुको मापनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७, स्थानीय वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७९ र स्थानीय आर्थिक विकास कार्यविधि, २०७९ कार्यान्वयनमा छन् । मन्त्रालयले तीनवटै कार्यविधि लाई खारेज गर्ने तयारी थालेको छ ।

तीनवटै कार्यविधिमार्फत हुने मूल्यांकनलाई एउटै कार्यविधिमार्फत मूल्यांकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ‘स्थानीय सरकार कार्यसम्पादन मूल्यांकन प्रणाली (संचालन तथा व्यवस्थापन) कार्यविधिको मस्यौदा तयार पारेको छ ।

फरक फरक कार्यविधि मार्फत वित्तीय सुशासन, जोखिम, आर्थिक विकास र संस्थागत क्षमताको मूल्यांकन गर्दा झण्झटिलो भएकोले अब एउटै कार्यविधिमार्फत सबै क्षेत्रको मूल्यांकन गर्ने तयारी सुरु भएको मन्त्रालयले बताएको छ ।

यो मस्यौदामा स्थानीय तहको संस्थागत क्षमता मूल्यांकन गर्ने, वित्तीय सुशासनको मूल्यांकन गर्ने र आर्थिक विकासको मूल्यांकन गर्ने विधि समेटिएको छ ।

जसमा हालमा भएकै जस्तो मूल्यांकन विधिमार्फत स्थानीय तहले आफुलाई आफैले नम्बर दिनेछन् भने यसको अडिट संघीय मामिला मन्त्रालयले गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *