धादिङको चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, क्रान्तिकारी र नेविसंघको दुई/ दुई सभापति

136 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । धादिङका चार वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुँदा अखिल क्रान्तिकारी र नेविसंघले दुई दुई स्थानको सभापति जितेका छन् ।

मंगलबार  बेनिघाट रोराङ गाउँपालिकामा रहेको जयबागेश्वरी क्याम्पस तथा चन्द्रोदय बहुमुखी क्याम्पस र धुनीवेशी नगरपालिकामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।

बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलसंग अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । सभापति पदका दुवै उम्मेद्वार अभिषेक पाण्डे र अन्जना रेग्मी को बराबर ७३ मत आएपछि गरिएको गोलाप्रथामा संयुक्त प्यालनबाट उठेका नेविस‌घका अभिषेक पाण्डे विजयी घोषित भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाकै रिचोकटारमा रहेको जयबागेश्वरी बहुमुखी क्याम्पसमा भने संयुक्त गठवन्धनका उम्मेद्वारलाई हराउदै अखिल क्रान्तिकारीका अनुनय सिलवाल निर्वाचित भएका छन् ।

रिचोकटार नेकपा एमालेका लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, आयोग सदस्य मिनराज कँडेलका साथै एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीको गाउँ हो । एमालेको सबैभन्दा बलियो उपस्थिती भएकै ठाउँमा संयुक्त गठवन्धन बनाउँदा पनि अखिल क्रान्तिकारीले निर्वाचनमा बाजी मारेको छ ।

धुनीवेशी नगरपालिकाको मछिन्द्र बहुमुखी क्याम्पसमा भने नेपाल विद्यार्थी संघको पुरै प्यानल नै निर्वाचित भएको छ । यहाँ नेवि संघ एक्लै चुनावी मैदानमा थियो ।

नेत्रावती सामुदायिक क्याम्पसमा भने उम्मेदवारी मनोनयनको दिन नै अखिल क्रान्तिकारीका अभिषेक थपलिया सर्वसम्मत निर्वाचित भएका थिए ।

सदरमुकामको नीलकण्ठ बहुमुखी क्याम्पसमा भने नेविसंघका दुई प्यानलले उम्मेदवारी दिएपछि विवाद बढेर निर्वाचनमै स्थगित हुन पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *