गजुरीको गलौदीमा धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव हुने

816 पटक पढिएको

१० चैत्र २०८१, आईतवार ०३:३८ सम्पादक: धादिङ न्यूज

धादिङ :  धादिङको गजुरीमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१”  हुने भएको छ।

जिल्ला होटल संघ धादिङको आयोजना२०८१ चैत १४ गतेदेखि २४ गते सम्म गजुरी गाउँपालिका वडा मम्बर ५ गलौदीमा हुने यस महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहने भएको छ।

स्थानीय खाना,कला संस्कृती तथा पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको महोत्सव उद्घाटनको अवसरमा गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह,युवा क्लब, लगायतको उपस्थितमा झाकी र्यालीको आयोजना  गरिने आयोजकले जनाएको छ।

महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन , सस्तो बजार, र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन्। साथै, परम्परागत बाजा प्रदर्शन र नृत्य प्रतियोगिता समेत रहनेछ।

कार्यक्रम भब्य बनाउन गजुरी गाउँपालिका र आसपासमा रहेका विभिन्न सरकारी कार्यालय ,संघसंस्था समेतलाई  सहयोगका लागि  गर्न जिल्ला होटल संघ धादिङलेअपिल गरेको छ।

महोत्सवले गजुरी गाउँपालिकाको संस्कृति, कृषि, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्नुका साथै स्थानीय र राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने मेला  ब्यबस्थापक भरत बराकोटीले बताउनुभयो।