धादिङका विभिन्न स्थानमा आज दिउँसो चार घण्टा विद्युत् आपूर्ति बन्द हुने
147 पटक पढिएको

धादिङ, २०८१ चैत १६ । नेपाल विद्युत् प्राधिकरणले धादिङ जिल्लाका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले २०८१ चैत १५ गते शुक्रवार एक सूचना प्रकाशित गरी बिजुली प्रशारण लाइनको नजिक रहेका रुखको हाँगाविगा काट्ने तथा लाईन मर्मत सम्भार गर्ने प्रयोजनका लागि प्रशारण लाइनको नजिक रहेका रुखको हाँगाविगा काट्ने तथा लाईन मर्मत सम्भार लाइन कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार नुवाकोट तथा धादिङ वितरण केन्द्र अन्तर्गत रहेको देविघाट सवस्टेशन देखि रातमाटे सव स्टेशन, तारुकाघाट खाल्टे हुँदै धादिङबेसी सव स्टेशन तथा जहरे सव स्टेशन भित्र पर्ने फिडरहरु धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी, सिद्धलेक,ज्वालामुखी, त्रिपुरासुन्दरी,नेत्रावती डवजोङ,गंगाजमुना गाउँपालिकाका साथै नीलकण्ठ नगरपािलका र गोरखाको आरुघाट गाउँपालिकाको सम्पूर्ण एरियामा चैत १६ गते शनिवार विहान १० वजे देखि दिउँसो २ वजे सम्म बिजुली कटौती हुने भएको हो ।
बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।