आगामी बर्ष धादिङमा कुन पालिकाले कति पाउँदैछन संघीय सरकारबाट राजस्व बाँडफाँडको रकम

301 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं , २२ चैत २०८१ । आगामी आर्थिक वर्षका लागि संघीय सरकार मार्फत  राजश्व बाँडफाँटबाट यो वर्ष धादिङ जिल्लामा सबैभन्दा धेरै रकम नीलकण्ठ नगरपालिकाले पाउनेछ । नीलकण्ठले १३ करोड ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, वेनिघाट रोराङ गाउँपालिकामा ११ करोड ५ लाख त्रिपुरासुन्दरी गाउँपालिकामा १० करोड ५२ लाख, गजुरी गाउँपालिकामा ९ करोड ५८ लाख,रुवीभ्याली गाउँपालिकामा ९ करोड ४८ लाख, थांक्रेमा ८ कारेड ९० लाख, गंगाजमुनामा ८ करोड ८० लाख, गल्छीमा ८ करोड ६७ लाख ज्वालामुखीमा ८ करोड ५४ लाखरुपैयाँ बाँडफाँट भई जाने अर्थ मन्त्रालयले अनुमान गरिएको छ ।

यसै गरी धुनिबेसी नगरपालिकामा ८ करोड ५३ लाख,सिद्धलेकमा ८ करोड २१ लाख,नेत्रावती डवजोङमा ७ करोड ७५ लाख र खनियावासमा ७ करोड ९ लाख रुपैयाँ बाँडफाँटको अनुमान गरिएको छ ।

सरकारले राजश्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको छ । सूत्र निर्धारण गर्न भूगोल र जनसङ्ख्यालाई आधार लिने गरिएको छ ।

देशभरका स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ जाने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित अनुसार यस्तो अवस्था देखिएको हो ।

मन्त्री परिषदको १८ चैतमा बसेको बैठकले आर्थिक बर्ष २०८२/८३ देखि २०८६/८७ सम्मको लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।

मन्त्रालयले संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै, वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *