जबरजस्ती करणीको अभियोगमा नवराज, शिवम रअनिल पक्राउ
269 पटक पढिएको
काठमाडौं, २५ चैत । जबर्जस्ती करणीको अभियोगमा तीन जना जना प्रकाउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी तीन जना जना पक्राउ परेका हुन् ।
जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका–८ बस्ने २५ वर्षीय नवराज कट्टेल पक्राउ परेका छन् ।
कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
उता, कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई हिजो राती प्रहरीले पक्राउ गरेको हो ।
साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
त्यसै गरि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







