लिटरमा ३ रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

204 पटक पढिएको

२ बैशाख २०८२, मंगलवार २१:०० सम्पादक: धादिङ न्यूज

काठमाण्डौं, २ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको हो।