गठवन्धनमा संकट परेको चर्चा पछि ओली-देउवाबिच बिशेष भेटबार्ता

316 पटक पढिएको

२ बैशाख २०८२, मंगलवार २२:२० सम्पादक: धादिङ न्यूज

काठमाडौं, २ वैशाख ।  गठवन्धनमा संकट परेको चर्चा चलिरहेको बेला  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठिरहेका बेला देउवासँग ओलीले बैशाख २ गते मंगलबार बालुवाटारमा एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री निकट स्रोतले यसअघि जस्तै मंगलबार नियमित भेटघाट भएको जानकारी दिएपनि यो भेटवार्ता गठवन्धनमा संकट पर्न थालेको बिषयमा केन्द्रित रहेको श्रोतको दावी छ । यो ।

मंगलबार पनि दुई जनाबीच एक घण्टा छलफल भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘पछिल्लो समय सरकारका विषयमा अनावश्यक हल्ला गर्ने काम भएको छ । सत्ता समीकरणकै दलका नेताले पनि सरकारको गति बढ्नुपर्‍यो भन्नेका कुरा उठाउनुभएको छ । छलफल यिनै विषयमा केन्द्रित भएको बुझेका छौं ।’

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो । सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो ।