धादिङको खयरघारीमा दुर्घटना , एक जनाको मृत्यु

271 पटक पढिएको

६ बैशाख २०८२, शनिबार १०:२१ सम्पादक: धादिङ न्यूज

धादिङ,६ बैशाख २०८२ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने पृथ्वी राजमार्गको  एक्लेफाँटमा भएको  सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ। शनिबार बिहान भारतिय नम्बरको आइचरमा स्थानीय बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको हो।
काठमाडौंबाट पोखराका लागि छुटेको  बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो सङ्ग UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडी ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।