धादिङका दृष्टिविहीन गायक प्रोसेस पाण्डे भ्वाईस अफ नेपालको टप ६ मा पर्न सफल
1243 पटक पढिएको
काठमाण्डौं, ६ बैशाख । धादिङका प्रोसेस पाण्डे सर्वाधिक मत पाएर ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को टप ६ मा पुगेका छन् ।
कला र गलाको माध्यमबाट धेरैको मन जित्न सफल पाण्डे धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुनुहुन्छ ।
शनिवार भएको कार्यक्रममा पाण्डेले लगातार २ पटक पिओडीका साथै सर्वाधिक मत ल्याएर प्रतियोगितामा टप ६ मा पर्न सफल भएका हुन् ।
सुरिलो स्वर र मिठो भाकामा गित गाएर धेरैको मन जित्न सफल पाण्डे दृष्टिविहिन हुन् ।








