वामपन्थी नेता प्रदीप नेपालको निधन
238 पटक पढिएको
काठमाडौं, २३ बैशाख मंगलबार २०८२ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।
उनी नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।







