महिलाको हत्या आरोपमा रामचन्द्र पन्त पक्राउ

481 पटक पढिएको

३१ बैशाख २०८२, बुधबार १३:०५ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं,३१ बैशाख । धादिङको गल्छी गाउँपालिका घर भई हाल काठमाण्डौं तारकेश्वर बस्दै आईरहेका ४० बर्षिय रामचन्द्र पन्तलाई  एक महिलाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत चैत २९ गते राति नुवाकोट सूर्यकोटगढी नगरपालिका १ घर भई तारकेश्वर बस्दै आएकी २८ वर्षीया विमला तामाङको हत्या गरी फरार धादिङ, गल्छी गाउँपालिका घर भई तारकेश्वर बस्दै आएका ४० वर्षीय  पन्तलाई मंगलबार पक्राउ गरिएको हो । रामचन्द्र भारतीय भूपू सैनिक रहेको बताइएको छ ।

घटनापछि रामचन्द्र भारतमा लुकिछीपी बसेकोमा नेपाल फर्कँदै गरेको सूचनाको आधारमा काठमाडौं छिर्दै गर्दा नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए ।

दुवैजना विवाहित रहेको साथै उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ  ।