पेट्रोलियम पदार्थको मूल्य घट्यो
261 पटक पढिएको
काठमाडौं,१ जेठ २०८२। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
बिहीबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।
इण्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।








