कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब ४८ करोड बजेट बिनियोजन

299 पटक पढिएको

१५ जेष्ठ २०८२, बिहीबार १५:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको जानकारी दिएका छन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए ।उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताउदै किसानका लागि एप निर्माण गर्ने, दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर कृषिजन्य उत्पादनलाई बढावा दिने बजेटमा व्यवस्था गरेको बताए ।

साथै अर्थमन्त्री पौडेलले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्‍याउने भएको बताएका छन् ।अर्थमन्त्री पौडेलले रासायनिक मलमा रहेको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको बताएछन् । साथै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए ।