सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन
276 पटक पढिएको
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नियमित आयआर्जन गर्ने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिने र छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरी दिगो बनाइने घोषणा गरेका छन् ।







