प्रेस काउन्सिल नेपालमा धादिङका बालकृष्ण अधिकारी सहित ६ सदस्य नियुक्त
315 पटक पढिएको
काठमाडौं । प्रेस काउन्सिल नेपालमा धादिङका बालकृष्ण अधिकारी सहित ६ सदस्य नियुक्त भएका छन् । नियुक्तमध्ये प्रेस युनियन र प्रेस चौतारीबाट ३/३ जना रहेका छन् ।
नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट बालकृष्ण अधिकारी ,नकुल अर्याल र पदमराज जोशी छन् भने चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी छन् ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनीहरूलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेका हुन् ।







